News

सरकारले नै दिने भयो एक महिनासम्म पुग्ने खाद्यन्न

सरकारले नै दिने भयो एक महिनासम्म पुग्ने खाद्यन्न

काठमाडौं । बाढी र पहिरोबाट पीडित भएका सबैलाई एक महिनासम्म पुग्ने गरी दालचामल, तेल, नुनलगायत खाद्यन्न वितरण हुने भएको छ ।
गृहमन्त्रालयले बिहीबारदेखि प्रति परिवारलाई एक महिनालाई पुग्ने राहत वितरण गरिने जनाएको छ ।
मन्त्रालयका अनुसार अनुसार आज (बिहीबार)देखि प्रभावित सबै जिल्लाका बाढी पहिरो पिडितलाई ड्राइफुड बितरण कम गरि प्रति परिवार १ महिनासम्म पुग्ने किलो चामल, दाल, तेल, नुनलगायतका राहत सामग्री वितरण गर्न लागिएको हो ।
यस्तै स्थानिय स्तरबाट यथार्थ क्षति मुल्याङकन प्राप्त हुनासाथ तत्काल नीतिगत प्रणाली बनाइ पुनस्र्थापना र सङरचना पुननिर्माणको कार्य युद्धस्तरमा अघि बढाइने पनि मन्त्रालयले जनाएको छ ।

विशेष