News

ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन अनिवार्य

ट्याक्सी चढ्ने यात्रु अब ठगिने छैनन्

ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन अनिवार्य


काठमाडौं । बारम्बार ट्याक्सी चालकले यात्रीसँग चाहिने भन्दा अत्याधिक बढी भाडा लिने गरेकोले यात्रीहरु पीडा खेप्दै आएका छन् ।

बढी भाडा लिएका यात्रीले ट्राफिक प्रहरीहरुलाई गुनासो पोख्दै आएका छन् । यात्रुहरुको निरन्तरकोे गुनासोले शनिबारदेखि गुणस्तर तथा नाप तौल विभाग र ट्राफिक प्रहरी महाशाखाले अनुगमन गर्न थालेको छ । अनुगमन पछि ट्याक्सी चालकहरुले ट्याक्सीमा ‘कम्प्युटराइज्ड बिलिङ मेसिन’ जोड्न अनिवार्य गरेको छ ।

यो नियम लागू गरेपछि चालकहरुले अहिलेसम्म ७ हजार ७ सयबटा ट्याक्सीमा मिटर जडान गरिसकेका छन् । विभाग अनुसार बाँकी रहेको ट्याक्सीमा भदौको १५ गतेसम्ममा मिटर जडान गरिसक्नु पर्ने बताएको छ ।

यो नियम लागू गर्दा पनि केहि ट्याक्सी चालकहरुले यात्रुसँग मिटरमा नजाने अटेरी गर्दै आएका छन् । यस्तो भएमा तुरुन्त विभागमा उजुरी दिन गुणस्तर तथा नाप तौल विभागका महानिर्देशक विश्व बाबु पुडासैनीले बताए ।

ट्राफिक प्रहरी अनुसार अब यात्रु पनि जागरुक हुनु पर्ने छ बताए । यदि चालकको उजुरी आयो भने यातायात तथा सवारी व्यवस्था ऐन अनुसार ५ हजारसम्म जरिवाना हुनसक्ने यातायात व्यवस्था बिभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए । मेसिन जडान नगराएको खण्डमा नविकरण तथा अन्य सम्बन्धि सबै सरकारी कार्यहरु रोकिने जनाइएको छ ।

विशेष