विद्युत कटौति भएपछि मन्त्रीले दिए राजीनामा
ताइपेइ: ताइवानको राजधानी ताइपेइमा विद्युत आपूर्ति बन्द भएर लाखौं घर प्रभावित भएपछि त्यहाँका आर्थिक मामिला मन्त्रीले राजीनामा दिएका छन् ।
मन्त्री चीह् कुङ लीको मौखिक राजीनामा स्वीकृत भएको सरकारका प्रवक्ताले जानकारी दिएका रोयटर्समा उल्लेख छ । ताइवानको स्थानीय समाचारमाध्यमले जनाएअनुसार ताइवानमा उग्र गर्मी भएका बेला बिजुली गएको थियो ।
बिजुली गएपछि मंगलबार बेलुका ट्राफिक जाम हुनुका साथै सपिङ मल तथा पसल सबै अन्धकार भएका थिए । आपूर्ति प्रविधिमा खराबी आएकाले विद्युत प्रवाह उपकरण बन्द भएको थियो ।
मन्त्री कुङ लीले एक पत्रकार सम्मेलन मार्फत् माफी माग्दै राजीनामा दिएका हुन् । ताइपेइ, ताइचुङ, ताइनान र अन्य तीन शहरमा करिब ६६ लाख ८० हजार परिवार यो घटनाबाट प्रभावित भएका थिए ।
loadshedding