अमेरिकालाई तालिबानले लेख्यो खुला पत्र
इस्लामाबाद । अफगानिस्तानमा सक्रिय तालिबान संगठनले अमेरिकालाई आफ्ना सबै सेना अफगानिस्ताबाट फिर्ता लैजान आग्रह गरेको छ ।
तालिबानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको खुला पत्रमा अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सेना फिर्ता बोलाइ अमेरिकी तथा अफगानी नागरिकको जीवन रक्षाका लागि आह्वान गरिएको छ । त्यस्तै अफगानिस्तानमा युद्धको रणनीति त्यागेर अफगानी नागरिकसंग प्रत्यक्ष तथा शान्तिपूर्ण वार्ताको लागि पनि आह्वान गरिएको छ ।
बुधबार सार्वजनिक गरिएको पत्रमा अफगानी नागरिकसंग बाहेक भ्रष्ट राजनीतिज्ञसंग वार्ता नगर्न आग्रह गरेको छ । उक्त पत्रमा तालिबानले ट्रम्पलाई विगतमा गरिएका गल्तिको समीक्षा गर्न पनि आग्रह गरेको अलजजिराले जनाएको छ ।
अमेरिकाले अफगानिस्तानमा सन् २००१ मा सैन्य कारवाही सुरु गरेको थियो । खुला पत्रबारे अमेरिकाले भने कुनै प्रतिक्रिया दिएको छैन ।