व्यापार

विषादी मापन केन्द्र सञ्चालनमा

विषादी मापन केन्द्र सञ्चालनमा

बनियानी । झापा बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा सञ्चालनमा आएको विषादी मापन केन्द्रमा परीक्षण गरिएका खाद्यवस्तुमध्ये सबैभन्दा बढी स्याउमा विषादी रहेको पाइएको छ । 

विषादी मापन केन्द्रकी प्राविधिक सुष्मा खड्काका अनुसार करेला, भिण्डी, गोलभेँडा, खुर्सानी, च्याउ, पर्वल, बोडी, स्याउ, केरा, बन्दागोभी र निगुरोेको परीक्षण गर्दा सबैभन्दा बढी स्याउमा विषादी भेटिएको हो । 

परीक्षणका क्रममा स्याउमा विषादीको मात्रा सबैभन्दा बढी १३.५ प्रतिशत भेटिएको खड्काले जानकारी दिए । सबैभन्दा कम मौसमी तरकारीमा एक प्रतिशतसम्म पाइएको छ । भारतबाट आयात गरिएका तरकारीमा बढी विषादी रहेको पाइएको छ । 

केन्द्रमा विषादी परीक्षण मेसिन, कम्प्युटर, फ्रिज, फमहुड नामक केमिकल उत्पादन गर्ने मेसिनलगायत उपकरण रहेका छन् । सो केन्द्रमा अहिले नियमित रुपमा परीक्षण भइरहेको छ । केन्द्रमा कीटनाशक र ढुसीनाशक विषादीको परीक्षण गरिन्छ । 

विषादी परीक्षणमा ३५ प्रतिशतसम्म विषादी देखापरे हरियो (खान मिल्ने), ३५ देखि ४५ सम्म विषादी देखिए पहेँलो (केही दिन पर्खनुपर्ने) र ४५ भन्दा माथि विषादी देखापरे रातो (नष्ट गर्नुपर्ने) खड्काले बताए । रासस 

pesticides

विशेष