हवाई कारबाहीमा पाँच तालिवानको मृत्यु

उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तको चार्दारा जिल्लामा बिहीबार आतङ्ककारी लुकेर बसेको इलाका लक्षित हवाई कारबाहीमा पाँच तालिवान आतङ्ककारी मारिएका छन् । जिल्ला प्रमुख जल्माई फारुकीले उक्त जानकारी दिएका छन् ।
बिहीबार बिहान चर्दारा जिल्लाको यटेम गाउँमा तालिवान लक्षित हवाई कारबाहीमा पाँच आतङ्ककारी मारिएका फारुकीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । अफगान सरकारी बलले चर्दारा जिल्लामा आतङ्ककारीविरुद्ध कडा कारबाही सुरु गरेको छ । रासस-सिन्ह्वा
Taliban Afghanistan