News अपराध सुरक्षा

अख्तियारको स्टिङ अपरेसन ९१ कर्मचारी फन्दामा

अख्तियारको स्टिङ अपरेसन ९१ कर्मचारी फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार देखि टोल फ्री नम्बर १०७ को होडिङबोर्ड र स्टीकर विभिन्न सेवाग्राही कार्यालयहरुमा राख्ने भएको छ ।

आयोगका सचिव राजन खनालले मालपोत कार्यलय, यातायात व्यवस्था विभाग, नापी विभाग, श्रम कार्यालय र नगरपालिकामा सो होडिङबोर्ड र स्टीकर सर्वसाधरणले देख्ने गरी राख्ने जानकारी दिए ।

सो टोल फ्री नम्बरमार्फत् भ्रष्टाचारजन्य गतिविधि, अनियमितता र घुसलगायतका गुनासा टिपाउन सर्वासाधरणलाई आग्रह गरिनेछ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोगले ६८ ओटा ‘स्टिङ अपरेसन’ गरेर ९१ जना कर्मचारीहरुलाई यो आर्थिक वर्षमा नियन्त्रणमा लिइ कारबाही चलाएको जानकारी पनि दिइयो । जसमा ६ जना उपसचिव, ४० जना नायब सुब्बा रहेका छन् ।

सबैभन्दा बढी स्टिङ अपरेसन नापी कार्यलयमा गरिएको र २२ ओटा जिल्लामा यस्ता अपरेसन गरिएको पनि आयोगले जनाएको छ ।

विशेष