विदेश

बलात्कारको शिकार भएकी १० वर्षीया बालिकाले बच्चा जन्माइन्

बलात्कारको शिकार भएकी १० वर्षीया बालिकाले बच्चा जन्माइन्

काठमाडौं । भारतमा बलात्कारको शिकार भएकी १० वर्षीया एक बालिकाले बच्चा जन्माएकी छन् ।

गत महिना पीडित बालिकाको गर्भपतन गराउन राखिएको मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । पीडित बालिकालाई उनी गर्भवती भएको विषयमा जानकारी गराइएको थिएन ।

उनलाई बच्चा जन्मिएको सम्बन्धमा पनि परिवारले थाहा नदिएको बताइएको छ । उनले चन्डिगढको सरकारी अस्पतालमा बिहीबार बिहान २.५ किलोको स्वस्थ बच्चा जन्माएकी हुन् । उनीहरु दुवैको अवस्था राम्रो रहेको बताइएको छ ।

पीडित बालिकालाई बलात्कार गर्ने उनकै काका भने पक्राउ परिसकेका छन् ।

विशेष