विदेश

साउदीले कतारका नागरिकलाई प्रवेशमा रोक नलगाउने, यस्तो छ कारण

साउदीले कतारका नागरिकलाई प्रवेशमा रोक नलगाउने, यस्तो छ कारण


काठमाडौं । साउदी अरबले कतारका मुस्लिम धर्मावलम्वीका लागि सीमानाका खुल्ला गर्ने भएको छ ।

यही महिना मक्कामा हुने हजमा सहभागि हुन चाहाने कतारका धर्मावलम्बीलाई प्रवेश खुल्ला गरिने साउदी अरबले जनाएको छ । कतारका राजकुमार मोहम्मद बिन सल्मान अल साउद र कतारी शिख अब्दुल्लाह बिन अलिन बिन अब्दुल्लाह बिन जसिम अल थानीबीच वार्तापछि साउदीले पछिल्लो निर्णय लिएको हो ।

छलफलपछि विज्ञप्ति जारी गर्दै साउदीले हजमा सहभागि हुन चाहाने कतारीले सल्वा बोर्डरबाट आउजाउ गर्नसक्ने भन्दै त्यसका लागि कुनै किसिमको विद्युतीय अनुमति आवश्यक नरहने उल्लेख गरेको छ ।

यस्तै, हज गर्न जाने मुस्लिम धर्मावलम्वीका लागि हवाई सेवा समेत खुल्ला गरिने बताएको बीबीसीले उल्लेख गरेको छ । साउदी अरबलगायत ४ वटा मुलुकले गत जुनयता कतारसँग सबै खालको सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरुलेरकतारले आतंकवादलाई आर्थिक लगायत सहयोग गरेको आरोप लगाएका छन् ।

साउदी अरबले सीमानाका बन्द गरेपछि २७ लाख जनसंख्या भएको कतारले खाद्यान्न लगायत आवश्यकीय सामाग्री जल तथा हवाई मार्ग हुदै आयात गर्दै आएको छ ।

विशेष