News

विदेश पलायन रोक्न रोजगारीको व्यवस्था हुनुपर्ने

विदेश पलायन रोक्न रोजगारीको व्यवस्था हुनुपर्ने

बागलुङ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले अबको १५/२० वर्षमा मुलुकको अवस्था फेर्न नसके मुलुक पछि धकेलिने बताए । बागलुङ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले आज आयोजना गरेको दोस्रो तीज महोत्सवको उद्घाटन गर्दै सांसद थापाले प्रत्येक दिन १ हजार ५ सय युवा विदेशिएकाले उनीहरुलाई देशमै रोक्न सक्ने वातावरण नबनेसम्म देश नबन्ने धारणा राखे ।

युवाको विदेश पलायन रोक्न उद्यमशीलता र रोजगारीको व्यवस्था हुनुपर्ने उनको भनाइ छ । “रोजगारी सरकारले दिने होइन, वातावरण बनाउने हो, रोजगारी व्यक्तिले सिर्जना गर्ने हो”, नेता थापाले भने, “उद्यमी तयार गर्नतर्फ लागौँ, सबै उद्यमशील बनौँ ।”

विशेष