अमेरिकी हवाई आक्रमणमा २१ बालबालिकासहित ५९ जनाको मृत्यु
लेवनान । ‘इश्लामिक स्टेट जिहादी’ समूहलाई लक्षितगरी सिरियाली शहर राक्वामा गरिएको अमेरिकी नेतृत्वको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९ जनाको मृत्यु भएको छ ।
विगत तीनदिनमा अमेरिकी नेतृत्वको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार (आज) जनाएको छ । ‘सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएअनुसार आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु भएको छ । बिहीबार (आज) पनि केही मृतशरीर हवाई आक्रमणबाट भत्केका भवनका भग्नाबशेषबाट निकालिएको जनाउँदै सोमबारपछि भएका आक्रमणमा जम्मा ५९ जनाको मृत्यु भएको जनाइएको हो ।
संयुक्त राष्ट्रसंघका अनुसार जिहादी समूहको तत्कालिन सिरियाली राजधानी भनेर चिनिने राक्वामा २५ हजार सिरियाली सर्वसाधारण विद्रोहीको नियन्त्रण क्षेत्रभित्र रहेका जनाइएको छ । रासस/एएफपी
America attack