News

मतदाताका लागि १८ हजारको नाम

मतदाताका लागि १८ हजारको नाम

त्रिशूली (नुवाकोट) । निर्वाचन आयोगले तस्बिरसहितको मतदाता नामावलीका लागि तस्बिर खिचाउन खुला गरेपछि जिल्लामा १८ हजारभन्दा बढीले नाम लेखाएका छन् । 

गत साउन १ गतेदेखि साउन ३२ गतेसम्म एक महिनाका अवधिमा तस्बिरसहितको मतदाता नामावलीका लागि १८ हजार ३२३ जनाले तस्बिर खिचाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिए । कार्यालयका अनुसार तिनमा आठ हजार ४४३ महिला र नौ हजार ८८० पुरुष छन् । गत स्थानीय तह निर्वाचनमा नुवाकोटमा एक लाख ८५ हजार ७८२ मतदाता थिए । 

साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा मात्र तस्बिर खिच्ने व्यवस्था भएकामा साउन १६ गतेदेखि भने जिल्लाका सबै गाउँपालिका कार्यालयमा तस्बिर खिच्ने व्यवस्था मिलाइएको थियो । निर्वाचन कार्यालयले यही भदौ ३ गतेसम्म अवधि थप गरेको छ । सदरमुकाम विदुरस्थित निर्वाचन कार्यालय र ११ स्थानीय तहमा तस्बिर खिचाउने व्यवस्था मिलाइएको छ । रासस 

nirbachan aayog voters id card

विशेष