विदेश मुख्य समाचार

नियुक्त गरेको दश दिनमै बर्खास्त गरे ट्रम्पले संचारप्रमुखलाई

नियुक्त गरेको दश दिनमै बर्खास्त गरे ट्रम्पले संचारप्रमुखलाई

साउन १७ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका मिडिया प्रमुख एन्टोनी स्कारामुचीलाई नियुक्त गरेको १० दिन मै बर्खास्त गरिएको छ ।

एन्टोनीले आफ्ना सहयोगीको पक्षमा संवाददातालाई अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पलाई एन्टोनीले दिएको अन्तर्वातामा अभद्र टिप्पणी गरेको महशुस गरेको ह्वाइट हाउसले जनाएको छ ।

उनी वाल स्ट्रीटका पूर्व लगानीकर्ता पनि हुन् । एन्टोनी पछिल्लो १० दिनमा ह्वाइट हाउसको प्रमुख पदबाट हटाइएका चौथो अधिकारी बनेका छन् ।

विशेष