न बाबुआमा छन, बाढीले न त घर नै बाँकी राख्यो
सुनसरी । एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् ।
दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् । एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए । घर, बाआमा र भाईलाई बुढिखोलाबाट आएको बाढीले बगाएपछि उनीहरुको न बस्ने घर रह्यो, न अभिभावक नै । हाल उनीहरु सानीआमा सन्ध्या राइको घर ईटहरीमा छन् ।
–कान्तिपुर दैनिकबाट