News

६ महिनादेखि थलिएकी रत्नेदेवीलाई धुर्मुसले अस्पताल पुर्‍याए

६ महिनादेखि थलिएकी रत्नेदेवीलाई धुर्मुसले अस्पताल पुर्‍याए

काठमाडौं । समाज सेवा, राहत एवं उद्धारका कारण लोकप्रिय बनिरहेका कलाकार सिताराम कट्टेल ९धुर्मुस० ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्‍याएर उद्धार गरेका छन् ।

तराई डुबेपछि राहात र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन मरणको दोसाँधमा रहेकी लालबन्दी–५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई उपचारका लागि बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरेका हुन् । राहत सामग्री र मेडिकल टोलीसहित लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पीडितलाई राहत वितरण गरे ।

माझी गाउँमा रहेका २६ परिवारमध्ये कतिपय पीडितहरु राहत लिनबाट बञ्चित भएको हुनसक्ने भन्दै बस्तीमै पुगेका धुर्मुसले रत्नेदेवीलाई भेटेका हुन् । राहत सामग्री लिन जान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफुले वर्षौँ अघि दालले पोलेर डेढ महिना थलिएको पिडा सम्झेको धुर्मुसले बताए ।

६ महिना अघि लुगाबाट सल्किएको आगोले रत्नेदेवीको पुरै शरीर डढेपछि सामान्य उपचार गरिएको थियो । तर, चरम गरिबीका कारण गतिलो उपचार हुन नसक्दा उनको हातखुट्टाको नशा समेत खुम्चिसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिबासका होटल व्यवसायी हिरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि अस्पताल पुर्‍याएको हो ।

अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चीएका नशालाई सोझ्याउन भने अप्रेशन गर्नु पर्ने डाक्टरले बताएका छन् ।

विशेष