News

एक साता विद्यालय बन्दको व्यवस्था गराउन सरकारलाई निर्देशन

एक साता विद्यालय बन्दको व्यवस्था गराउन सरकारलाई निर्देशन

काठमाडौं । प्रदेश नं.२ मा हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले सरकारलाई ७ दिन विद्यालय बन्दको व्यवस्था मिलाउन निर्देशन दिएको छ । आयोगका अनुसार भदौ २७ देखि मतदान हुने दिन असोज २ गतेसम्म विद्यालय बन्द गर्न भनेको हो ।

निर्वाचनको लागि मतदान केन्द्र विद्यालय भवन तथा कम्पाउण्ड भित्र हुनेछ । आयोगको शुक्रबार बसेको बैठकले विद्यालय भवनको वाल भत्किएको वा नभएको भए तत्काल निर्माण तथा मर्मत गर्न निर्देशन दिएको छ ।

आयोगको शुक्रबार बसेको बैठकले प्रदेश २ को चुनावको तयारीका लागि सरकारलाई सरकारलाई १७ बुँदे निर्देशन दिएको छ । मागेको कर्मचारी तुरून्त खटाई पठाउन, आयोग तथा सुरक्षा निकायका सञ्चार सम्पर्क उपकरण तयारी अवस्था राख्न र सुरक्षाको उचित प्रवन्ध मिलाउन भनेको छ ।

आयोगले आफ्ना निर्णय तथा पत्राचारलाई प्राथमिकता दिई कार्यान्वयन गर्न, निर्वाचन आचारसंहिता लागू गर्न र शिक्षक तथा कर्मचारीको अद्यावधिक विवरण एक साताभित्र जिल्ला निर्वाचन कार्यालयमा पठाउन पनि सरकारलाई भनेको छ ।

 

election

विशेष