News

नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति बन्ने

नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति बन्ने

काठमाडौँ । सरकारले नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति ल्याउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका नर्सिङ विभाग प्रमुख प्रा गोमा निरौला श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

संयोजक निरौलाले भने, “हामीले विभिन्न चरणको बैठक बसिसकेका छौँ, यसै साता नेपालमा स्वास्थ्य क्षेत्रमा काम गरिरहेका जिआइजेड, युएनएफपिएलगायतका संस्थासँग छलफल गर्दैछौँ, केही दिनमा मस्यौदाको मस्यौदा बनाएर मन्त्रालयमा बुझाउने योजना छ ।”

नेपालमा २०१३ सालदेखि नै नर्सिङ शिक्षा शुरु भएको ६१ वर्षे नर्सिङ इतिहासमा अहिलेसम्म कुनै लिखित कानून, ऐन नियम नभएको प्रा निरौलाले बताइन । नीतिमा नर्सिङ, मिडवाइफ्री र अनमीलगायत विषय समेटिने संयोजक श्रेष्ठले बताइन ।

नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ७२ हजार ६२८ नर्स र अनमी दर्ता भएका छन् । जसमा ४३ हजार ९२४ नर्स, २७ हजार ९२३ अनमी र ८३१ विदेशी नर्स रहेका छन् ।

विशेष