विदेश

लागुऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ को मृत्यु

लागुऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ को मृत्यु

मनिला । फिलिपिन्सको राजधानी मनिलामा शुक्रबार मध्यराति प्रहरीले लागुऔषधविरुद्ध गरेको कारबाहीका क्रममा कम्तीमा १४ व्यक्ति मारिएका छन् । 

फिलिपिन्स सरकारले लागुऔषधविरुद्ध देशभर जारी राखेको कारबाहीका क्रममा बिहीबार पनि २५ व्यक्ति मारिएका थिए । बिहीबार र शुक्रबार राजधानी मनिलामा जारी कारबाहीको क्रममा अन्य ३९ व्यक्ति मारिएका छन् । 

यद्यपि फिलिपिन्स प्रहरीले राजधानी मनिलामा कैयौँ स्थानमा लागुऔषधविरुद्ध कारबाही भएको पुष्टि गरेको छ । तर यस कारबाहीमा परी भएको हताहतको सङ्ख्या दिइएको छैन । गत तीन दिनभित्रमा भएको प्रहरी कारबाहीमा लागुऔषध संदिग्ध ७२ व्यक्ति मारिएका छन् । फिलिपिन्सको उत्तरी प्रान्त बलुचानमा मात्र ३२ व्यक्ति मारिएका थिए । 

फिलिपिन्सको राष्ट्रिय प्रंहरीले दिएको एक तथ्याङ्कअनुसार प्रहरीले जारी राखेको कारबाहीका क्रममा सन् २०१६ को जुलाईबाट सन् २०१७ जुन २६ सम्म तीन हजार ४५१ जना मारिएका छन् । यस कारबाहीका क्रममा अरु करिब ८६ हजार ७०३ जना पक्राउ परेका पनि समाचारमा जनाइएको छ । फिलिपिन्सका वर्तमान राष्ट्रपतिले यस कारबाहीलाई एक राष्ट्रिय अभियानकै रुपमा लिएका छन् । यहाँका लागुऔषध तस्करहरुलाई प्रहरीले देख्नासाथै गोली हानेर मार्न सक्ने अधिकार पनि पाएको छ । 

जुन अधिकारको सर्वत्र विरोध पनि हुने गरेको छ । मानवअधिकारवादीहरुले यसरी दिइएको यस अधिकारबाट कतिपय ठाउँमा सर्वसाधारण नागरिक पनि मारिएका जनाएका छन् । रासस-सिन्ह्वा 

विशेष