News

पशुपन्छी क्षेत्रमा मात्रै सवा १० अर्ब क्षति

पशुपन्छी क्षेत्रमा मात्रै सवा १० अर्ब क्षति

काठमाडौँ । पशुपन्छीको क्षतिबाट झण्डै रु १० अर्ब १७ करोड ८८ लाख गुमेको छ । 

पशुपन्छी विकास मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुखुरा, बोका– बाख्रा, गाईभैँसी, बंगुरको क्षतिका कारण सो रकम गुमेको हो । 

पूर्वी र मध्य तराई तथा बाँके– बर्दियामा साउन २७ देखि २९ गतेसम्मको अविरल वर्षाका कारण सो क्षेत्र जलमग्न हुनगई पशुपन्छी तथा चौपाया मरेका कारण अहिले किसान आहतमा छन् । 

पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुले आहतमा परेका किसानको हितमा केही समयपछि राहतका कार्यक्रम सार्वजनिक गर्ने बताए । उनले क्षतिभएका पशुपन्छीको सत्य तथ्य विवरण र आहतमा परेका किसानको समस्या बुझ्न ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गरिने बताए । 

मन्त्रालयका सचिव डा युवकध्वज जिशीले दुग्धजन्य पदाथतर्फ रु चार अर्ब ८० करोड तथा अण्डा, मासु र गोठतर्फ रु छ अर्ब ९ करोड ८८ लाख क्षति भएको छ । मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले दुई हजार ९७० बोका तथा बाख्रा, ५३ भैँसी, एकसय १९ गाई, एकलाख ३३ हजार ८४५ कुखुरा, सातसय ५५ बंगुर तथा तीन हजार ३२ गोठ र खोरमा क्षति पुगेको जानकारी दिए । रासस 

loss animals

विशेष