News

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीले शुक्रबार महान्यायाधिवक्ताको कार्यालयमा पुगी पदभार ग्रहण गरेका छन् । पद बहालीपछि सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता भण्डारीले संविधान र कानूनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता व्यक्त गरे ।

महान्यायाधिवक्ता भण्डारीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे । नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

विसं २००२ मा काठमाडौँको ठमेल गल्कोपाखामा जन्मनुभएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । उनले विसं २०३० देखि वकालत शुरु गरेका हुँन । उनले नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमा समेत प्रतिस्पर्धा गरेका थिए ।

विशेष