News

नेविसंघ केन्द्रिय समितिद्वारा बाढीपीडितलाई सहयोग

नेविसंघ केन्द्रिय समितिद्वारा बाढीपीडितलाई सहयोग

सप्तरी । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिद्वारा शुक्रबार सप्तरीका बाढीपीडितहरुका लागि राजविराजको वडा नः १ चनौरामा १ सय, वडा नः २ को राजदेबीमा ५०, वडा नः ४ को गोर्खाली टोलमा ७०, वडा नः ५ को बजरङमा ६० र वडा नः ११ को टोल फसैट र देउरी भरुवा गरि १५० घरका जम्मा ५३० परिवारलाई शुक्रबार राहत उपलब्ध गराइएको छ ।

नेविसंघका केन्द्रिय महामन्त्री कुन्दन राज काफ्ले, केन्द्रिय उपाध्यक्ष राम प्रसाद अधिकारी, केन्द्रिय सह महामन्त्री दय राजेश रौनियार र पर्मेश्वर साह, केन्द्रिय सदस्य रत्न ढुङेल सप्तरी काङ्ग्रेसका नेता इर्शाद अन्सारी लगायत सप्तरी तथा सिराहाका स्थानिय विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

अविरल वर्षाले गर्दा प्रदेश नः २ पुरै डुबानमा परेकाले जनताहरुलाई गाँसबाँसको निकै समस्या रहेकाे छ । सरकारले छिटो भन्दा छिटो राहत प्रभावित ठाउँसम्म पुर्याउनु पर्ने माग सरकारसँग गर्दै नेविसंघले पनि सक्दो सहयोग गर्ने सह महामन्त्री राजेश रौनियारले बताए ।

विशेष