प्रधानमन्त्री देउवालाई मोदीको फोन, बाढी पीडितलाई २५ करोड सहयोगको घोषणा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।
साँझ ६ बजे भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेको देउवाको निजी सचिवालयले जनाएको छ । वार्तामा मोदीले भारतका तर्फबाट बाढी र पहिरोका कारण नेपालमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै २५ करोड रुपैयाँ बराबर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारलाई समवेदना व्यक्त गरेका छन् । ‘भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्दार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो’ प्रधानमन्त्री देउवाले भनेका छन् ।
नेपाल भ्रमणमा रहेका बेला चिनियाँ उपप्रधानमन्त्री वाङ याङले बाढी पिडितको राहतका लागि १० करोड सहयोगको घोषणा गरेका थिए ।
narendar modi Sher Bahadur Deuba