ग्याँस चुहिएर फैलिँदा भारतमा २४ जनाकाे अवस्था गम्भीर
नयाँदिल्ली । भारतको उत्तराखण्डमा राज्यमा रहेको पानी प्रशोधन कारखानामा ग्याँस चुहिएर फैलिँदा २४ जना भन्दा बढी श्रमिक गम्भीर घाइते भएका छन् ।
उत्तराखण्डको राजधानी देहरादुनमा पर्ने जालसान्स्थानमा रहेको पानी प्रशोधन कारखानामा घटना भएको उत्तराखण्डका मुख्यमन्त्री त्रिभेन्द्र सिं राउतले जानकारी दिए । “क्लोरिन ग्याँस चुहिएर फैलिएपछि बिरामी भएका मध्ये दुई दर्जन भन्दा बढी व्यक्तिहरू अस्पतालमा भर्ना भएका छन्, तर अवस्था भने नियन्त्रणमै रहेको छ,” मुख्यमन्त्री राउतले भने ।
राउतले घटनास्थलको अवस्थाका बारेमा व्यक्तिगत रुपमै नजिकबाट निकालिरहनु भएको छ भने घटनास्थलमा चिकित्सकहरूको टोली नै पठाएर पर्याप्त उपचार गर्न चासो व्यक्त गरेका छन् । “मैले मेरो एउटा आँखाले यस घटनालाई नियालिरहेको छु, चिकित्सकहरूको टोली पठाएको छु,” उनले ट्वीटमा लेखेका छन् । एउटा अनुसन्धान टोली पनि घटनास्थलमा पठाइएको छ ।
उनले अनुसन्धान टोलीलाई यस्ता घटना पटक पटक दोहोरिनुको कारण पत्ता लगाई फेरी नदोहोरिने उपायहरूबारे सुझाव दिन पनि आग्रह गरेका छन् । मुख्य मन्त्री राउतले लेखेका छन्, “मैले ग्यासबाट प्रभावितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”
भारतमा यसरी ग्याँस चुहिएर फैलिने दुर्घटना बेला बेलामा भइरहने गरेको छ । सन् १९४८ मा यस्तै एक घटनामा मध्य प्रदेशको राजधानी भूपालमा झण्डै चार हजार जनाको मृत्यु भएको थियो । रासस-सिन्ह्वा
gas leakage