News

मन्त्री मंसुर र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

मन्त्री मंसुर र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ । श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरसँग नेपालका लागि संयुक्त अधिराज्य(बेलायत)का राजदूत रिचार्ड मोरिसले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा मन्त्री मंसुरले नेपाल र बेलायतबीच २०० वर्षअघिदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको स्मरण गर्दै नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा बेलायतले गरेको सहयोगको सराहना गरेका श्रम मन्त्रालयका प्रवक्ता भूवनप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजदूत मोरिसले श्रम ऐन संसद्बाट पारित भएकामा खुशी व्यक्त गर्दै बेलायत सरकार मानव बेचबिखन, बाल श्रम निवारण एवं सुरक्षित श्रम आप्रवासका क्षेत्रमा नेपाललाई सहयोग गर्न तयार रहेको बताए ।

भेटमा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली, मन्त्रालयका अधिकारीको समेत उपस्थिति रहेको थियो ।

विशेष