विदेश

स्पेनमा आतंकाकारी हमला १३ कोे मृत्यु

स्पेनमा आतंकाकारी हमला १३ कोे मृत्यु


काठमाडौं । स्पेनको बार्सिलोनामा भएको आतंकवादी हमलामा १३ जनाको मृत्यु भएको छ ।

हमलामा कम्तिमा ५० जना घाइते भएका छन् । बिहीबार भएको कार हमलामा १३ को मृत्यु भएको र ५० जनाभन्दा बढी घाइते भएको स्पेनको स्वायत्त प्रदेश क्याटालोनियाका आन्तरिक मामिला मन्त्रीलाई उद्धृत गर्दै गार्डियनले जनाएको छ ।

बार्सिलोना स्पेनको स्वायत्त प्रदेश क्याटालोनियाको राजधानी हो । गुडिरहेको एक भ्यान मानिसहरूको भीडभाड भएको एक सिटी सेन्टरमा छिरेर मानिसहरूलाई ठक्कर दिएको थियो । सुरुमा दुर्घटना ठानिए पनि पछि स्पेनको प्रहरीले घटना आतंकवादी हमला भएको जनाएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमलापछि क्याटालान आपतकालीन सेवाले मेट्रो रेल तथा अन्य सेवा बन्द गरेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

विशेष