News अपराध सुरक्षा मुख्य समाचार

बाढीपहिरो पीडितका लागि एक अर्ब रुपैयाँ निकासा

बाढीपहिरो पीडितका लागि एक अर्ब रुपैयाँ निकासा


काठमाडौं र सरकारले बाढीपहिरो पीडितका लागि राहत र उद्धार तथा क्षति व्यवस्थापनका लागि भन्दै गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।

भूकम्पको समयमा सरकार तथा गैरसरकारी निकाय, निजी क्षेत्रलगायतले जम्मा गरेर बाँकी रहेको रकम, पछिल्लो समय सरकारले निकासा दिएको दुई खर्ब १७ अर्ब रुपैयाँमध्ये सो रकम गृहको कोषमा निकासा दिने निर्णय भएको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आज बसेको बैठकले कोषमा रहेको २ खर्ब १७ अर्ब रुपैयाँ मध्येबाट तत्कालका लागि एक अर्ब रुपैयाँ गृहलाई दिने निर्णय भएको कोष सञ्चालन समितिका अध्यक्ष तथा योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले जानकारी दिए । गृहले भने रकम भन्दा पनि बाढी प्रभावित क्षेत्रमा अन्य ब्यवस्थापनको खाँचो औल्याउदै आएको थियो । वाग्लेले आवश्यकता अनुसार सो रकमबाट खर्च गर्न पाइने बताए ।

मृतकका परिवारलाई दुई लाख रुपैयां राहत रकम दिने निर्णय सरकारले गरिसकेको छ । गृहको तथ्याङक अनुसार गएरातीसम्म बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने ३२ जना अझै बेपत्ता छन् । मृतकका परिवारलाई दुई लाखका दरले भुक्तानी गर्दा २ करोड ५६ लाख रुपैयाँ लाग्ने छ । घाइते, वेपत्ता र घरको क्षति भएका परिवारका लागि कति रकम दिने भन्ने निर्णय भइसकेको छैन । आवश्यकता अनुसार कोषको रकम सो शीर्षकमा समेत खर्च हुने छ ।

विशेष