News

पाँच महिनादेखि भूमिसुधार कार्यालय प्रमुख विहीन

पाँच महिनादेखि भूमिसुधार कार्यालय प्रमुख विहीन

दाङ । जिल्ला भूमिसुधार कार्यालय दाङमा पाँच महिनादेखि कार्यालय प्रमुख विहीन भएको छ । भूमिसुधार अधिकारी टीकाराम ढकाल गएको चैत १३ गते सरुवा भएपछि कार्यालय प्रमुख विहीन बनेको हो । सरुवा भएको पाँच महिना पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा कार्यालयबाट प्रवाह हुने सेवामा समस्या आएको छ ।

कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख नारायणप्रसाद पोख्रेलले सम्हालेका छन् । तर उनले आफूलाई अधिकार नदिएका कारण अन्तिम अवस्थामा रहेका मुद्दाको फैसलासमेत हुननसकेको बताए । प्रमुख नहुँदा मोही र जग्गाधनीको बीचमा मिलापत्र हुननसकेको, मोही नामसारी, मोहीको लगतकट्टा गरिपाउँ भन्दै परेका उजुरी सम्बोधन हुनसकेका छैनन् ।

साथै कार्यालयमा मोही सम्बन्धी विभिन्न खालका निवेदन परे पनि ती निवेदनको टुंगो लाग्न सकेको छैन । बाढीपीडितलाई राहत वितरण यसैगरी यहाँका बाढीपीडितलाई राहत वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका– १३ का करिब ४० घरपरिवारलाई शुक्रबार राहत प्रदान गरिएको हो । विभिन्न संघ संस्थाले उपलब्ध गराएको राहत बाढीपीडितलाई वितरण गरिएको हो ।

सिसा नेपालको आयोजना तथा जिल्ला दैविक प्रकोप उद्धार समितिको समन्वयमा सिसा नेपाल, कारितास नेपाल, नेपाल रेडक्रस, वेस, जनस्वास्थ्य, खानेपानी डिभिजन, जिल्ला युवा सञ्जालले तुलसीपुर– १३ को दमारगाउँमा १४ घरपरिवार र रनियापुरका २६ घरपरिवार र अन्य बाढीपीडितलाई बाढीग्रस्त क्षेत्रमा पुगेर राहत वितरण गरिएको हो ।
बाढीपीडितलाई २५ केजी चामल, दालमोट, तेल, चाउचाउ, नुन, बिस्कुट, चिउरा, चिनी, चियापत्ती, बालटिन, वेड सिड, छाता, फिल्टर, तन्नालगायतका राहत वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

विशेष