News

परोपकार केन्द्रीय भवनको शिलान्यास

परोपकार केन्द्रीय भवनको शिलान्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २० भीमसेनस्थानस्थित परोपकार केन्द्रीय भवनको पुनःनिर्माण थालिएको छ । नेपालको जेठो तथा लोककल्याणकारी सामाजिक संस्था ‘परोपकार’को केन्द्रीय कार्यालय र अनाथालय रहँदै आएको यो भवनको शुक्रबार धार्मिक विधि अनुसार संस्थाका अध्यक्ष हितकरवीर सिंह कंसकारले शिलान्यास गरेका हुँन ।

संस्थाको आफ्नै कोषबाट रकम जुटाई निर्माण कार्य शुरु गरिएको अध्यक्ष कंसकारले जानकारी दिए । पहिलो चरणमा केही महिनाभित्रै भुँइ तलाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विसं २०७२ वैशाख १२ र २९ गते गएको भूकम्पले यो भवनलाई नराम्ररी क्षति पुर्याएको थियो ।

यहाँ सञ्चालित अनाथालयमा ५२ जना अनाथ बालकले आश्रयका साथै शिक्षा पाउँदै आएका छन् । अहिले उनीहरुलाई अन्यत्र स्थानान्तरण गरिएको छ । परोपकार संस्थाका जन्मदाता स्व। दयावीरसिंह कंसकारले सञ्चालनमा ल्याएका लोककल्याणकारी गतिविधिहरुलाई समयानुकूल परिमार्जन गरेर नयाँ रुप दिने कोशिशमा संस्था रहेको अध्यक्ष कंसकारले बताए ।

विशेष