News

वाग्मती सफाइ कार्यक्रम

वाग्मती सफाइ कार्यक्रम

काठमाडौँ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौँं उपत्यकामा बढ्दो जनसंख्याले निम्त्याउने फोहोरमैलाको उचित व्यवस्थापन नगरेसम्म वाग्मती नदी सफाइ हुन नसक्ने बताएका छन् ।

वाग्मती सफाइ महाअभियानको २२१ औँं हप्ता पुगेको अवसरमा शनिबार आयोजना गरिएको विशेष कार्यक्रममा उनले काठमाडौंँ उपत्यकाको ढल, फोहोर र दुर्गन्ध व्यवस्थित नभएसम्म नदी किनारका छेउछाउ सफा गरेर मात्र नपुग्ने बताए ।

प्रत्येक घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्न नसकिएसम्म वाग्मती नदी सफा, स्वच्छ र नुहाउन मिल्ने बन्न नसक्ने मन्त्री शाहीको भनाइ थियो । सफाइ अभियानको नेतृत्व गरेका पूर्व मुख्य सचिव लीलामणि पौडेलको प्रशंसा गर्दै मन्त्री शाहीले भन्, “सरकारका पूर्व मुख्य सचिवले वाग्मती सफाइ अभियानको नेतृत्व गरेका हुँन, यसले वाग्मती नदी सफाइ हुनेमा आशा गर्न सकिन्छ, उनी हरेक कामलाई सफल गर्ने व्यक्ति हो ।”

शनिबारको अभियानमा समेत पूर्व मुख्य सचिव लीलामणि पौडेल, संस्कृतिविद् सत्यमोहन जोशीलगायतका व्यक्तित्व सहभागी थिए । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो ।

विशेष