News

'सरकारलाई रू ७० हाम्रा तर्फ बाट खाना' जस्ता नाराको साथ प्रदर्शन

'सरकारलाई रू ७० हाम्रा तर्फ बाट खाना' जस्ता नाराको साथ प्रदर्शन

काठमाडाैं । पछिल्लो हप्ता देखि लगातार अविरल वर्षाका कारण तराई मधेसका विभिन्न जिल्ला जलमग्न भई पूर्णरुपले डुबानमा परको छ । शनिबार साझ चार बजेबाट तराई मधेस राष्ट्रिय परिषदद्वारा आयोजित सरकारलाई रु ७० हाम्रो तर्फबाट खाना, बाढीपीडित पालमा सरकार आफ्नै तालमा, बाढीपीडित पुर्नस्थापना प्राधिकरण घोषणा गर जस्ता नाराका साथ माइतीघर मंडलामा शान्तिपूर्ण प्रर्दशनमा उत्रेकाछन् । 

शुक्रबार सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत् बाढीपीडितलाई खाना खर्चवापत एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ दिने कुरामा छलफल भएको थियो । अत्याधिक वर्षाका कारण जिल्ला जिल्लाका वासिन्दाहरु बिच्चलित भएका छन् । ठाउँ ठाउँबाट बाढीपीडितलाई सहयाेग गर्न विभिन्न निजी क्षेत्र, संस्था तथा सरकारले  खाद्यानन् र अन्य चाहिने सामाग्रीहरु वितरण गर्दै आएका छन् ।

तर पनि धेरै ठाउँहरुमा राहत नपुगेको बाढीपीडितहरुले गुनासो गरेका छन् । प्रर्दशनमा पहल नेपालका निर्देशक सरोज राय, अधिवक्ता दिपेद्र झा, नेतालगायतका विभिन्न संघसंस्थाका व्यक्तित्वहरु  उपस्थित छन् ।

 

विशेष