News

हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

उर्लाबारी । उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पुर्याउँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गए राति मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्लाबारी – १ झारसादीका बलवीर थापा र सन्त धिमालको घर भत्काएको हो ।

हात्तीले थापाको एक तले पक्की घर भत्काउँदा रु १२ लाखको क्षति भएको हो । थापाको घर भत्काएपछि दक्षिण लागेको हात्तीले आज बिहान २ बजे धिमालको फुसको घर भत्काउँदा रु ३५ हजारको क्षति भएको छ । हात्ती राति नै मिक्लुङक जंगलतिर गएको प्रहरीले जनाएको छ । 

विशेष