News

यी ६ अपराध गरे जिवनभर जेल सजाय, जन्मकैदको समय बढ्यो

यी ६ अपराध गरे जिवनभर जेल सजाय, जन्मकैदको समय बढ्यो

नेपालमा पनि अब अपराधीलाई बाचुञ्जेल जेलमा बस्नु पर्ने सजायको व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिताले विभिन्न ६ वटा अपराधमा संलग्न व्यक्तिलाई जिन्दगीभर जेलमा बस्नु पर्ने सजायको व्यवस्था गरेको हो ।

नेपालमा जन्मकैदको व्यवस्था भएपछि बाचुञ्जेल जेल सजाय भोग्नु पर्ने कानूनी व्यवस्था थिएन । ८४ वर्षअघि बनेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै बनाइएको नयाँ अपराध संहिताले यस्तो सजायको व्यवस्था गरेको हो ।

विश्वव्यापीरुपमा जघन्य अपराध गरेका व्यक्तिलाई जिन्दगीभर जेलमा बस्नु पर्ने व्यवस्था छ । अपराध संहिताले छाउपडीलाई पनि अपराधका रुपमा व्याख्या गरेको छ। ‘महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडी राख्नु हुँदैन वा त्यस्ता अन्य कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु हुँदैन,’ संहितामा उल्लेख छ ।

अपराध संहिताले जबर्जस्तीकरणीपछि हत्या गरेको, जातीय वा साम्प्रदायिक हत्या गरेको, अपहरणपछि हत्या गरेको, अमानवीय हत्या गरेको (जस्तैः स्तन काट्ने, खुट्टा काटेर वा क्रुररता पूर्वक गरिने हत्या), प्लेन हाइज्याकिङ गरेर विष्फोटन गरी हत्या गरेको र पेय वा खाद्य पदार्थमा विष हालेर ज्यान मारेको अभियोग पुष्टि भए जिन्दगीभर जेलमै बस्नु पर्ने कडा कानुनको व्यवस्था गरेको हो ।

यसअघि कुनै जघन्य अपराध गरे जन्मकैदको सजाय हुने व्यवस्था भएपनि हुन्थ्यो । तर, अब अपराध संहिताले यस्तो अपराधमा संलग्न भएको पुष्टि भए जिन्दगीभर नै जेलमै बिताउनु पर्ने कडा कानुनको व्यवस्था गरेको हो ।

यसका साथै अवराध संहिताले जन्मकैदको सजायलाई पनि पाँच वर्ष बढाएको छ । २० वर्षमात्रै जन्मकैदको सजाय हुने व्यवस्थालाई परिवर्तन गर्दै २५ वर्ष पु¥याएको हो ।
मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका ऐनहरु एक वर्षपछि मात्रै लागू हुनेछन् ।

nepal

विशेष