News

बेपत्ता युवकको शव फेला

बेपत्ता युवकको शव फेला

इलाम । छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ ।

पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव मन्दिरको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शनिबार बेलुका नै शव स्काभेटरको सहयोगमा खोलाबाट बाहिर निकालिएको स्थानीय बासिन्दा विशाल भट्टराईले जानकारी दिए ।

व्यापक प्रहरी परिचालन गरी खोजी तीव्र बनाइए पनि शव फेला नपरेपछि खोलाले बगाएको दुई दिनपछि नै कुशको शव बनाएर आचार्यको हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिएको थियो ।

विशेष