News मुख्य समाचार

डुबेर एक बालकसहित तीनजनाको मृत्यु

डुबेर एक बालकसहित तीनजनाको मृत्यु

दमक । झापा जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर शनिबार एकबालकसहित तीनजनाको मृत्यु भएको छ ।

गौरीगन्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेलको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार अपराह्न गौरीगन्ज बजारबाट घर फर्कने क्रममा माईखोला तर्न खोज्दा भेलले बगाउँदा मगरको मृत्यु भएको थियो ।

त्यसैगरी, घरनजिकै पानी जमेको खाल्डोमा पौडी खेल्न जाँदा राईको डुबेर मृत्यु भएको हो भने ठूलो माईखोलाले बगाउँदा यादव पोखरेलको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विशेष