News

कुल देउता हराएपछि बाढीमा मृत्यु भएका छोरीको अन्त्येष्टी ७ दिन ढिलो

कुल देउता हराएपछि बाढीमा मृत्यु भएका छोरीको अन्त्येष्टी ७ दिन ढिलो

बाँके । साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो । तर ७ दिन वितिसक्दा पनि उनले मृतक छोरीको अन्तिम संस्कार गरेनन् । छोरीसहित घरको कुलदेउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन् ।

थारु परम्पराअनुसार किरिया बस्न कुल देउता अनिवार्य हुन्छ । किरिया बस्नुअघि कुल देउतालाई नुहाइदिएर उल्टो राख्ने चलन छ । तर कुल देउता नै पुरिए। शनिबार नेपाली सेनाले राप्ती सोनारी गाउँपालिका- ४ लालपुरका कविराजको भत्किएको घर उत्खनन गरी कुल देउता खोजिदिएको छ । कुल देउता भेटिए अब छोरीहरुको किरिया बस्छुु उनले कान्तिपुरसँग फोनमा भने सेनाले बस्ने घर पनि बनाइदियो । अब जिउने सहारा मिलेको छ ।

सेनाले उनका लागि टेन्ट बनाइदिएको छ । थारु समुदायको कुल देउता राख्न छुट्टै कोठा बनाइएको हुन्छ । थारु भाषामा कुल देउता राख्ने कोठालाई मिन्झारी भनिन्छ । जहाँ कुल देउता माटोको हात्ती, घोडा, पाल र मूर्ति राखिएका हुन्छन् । खुसीका बेला कुल देउतालाई रक्सीको छाकी चढाइन्छ ।

कान्तिपुर

 

विशेष