News

अस्पतालकै शैय्याबाटै डा. केसीले दिए फेरि अनशन बस्ने चेतावनी

अस्पतालकै शैय्याबाटै डा. केसीले दिए फेरि अनशन बस्ने चेतावनी

काठमाडौं । प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक यथास्थितिमा पारित नगर्न राजनीतिक दल र सरकारलाई आग्रह गर्दै नत्र फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।

उनले विधेयक माफियामुखी संस्करण भएको र त्यसलाई कुनै पिन बेला संसदको पूर्ण बैठकमा प्रस्तुत गरेर पारित गराउने कोशिस भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् । २३ दिन लामो ११ औं अनशन स्थगन गरेर त्रिवि शिक्षा अस्पतालमा उपचाररत डा. केसीले शनिबार विज्ञप्ति जारी गरी माफियाकरण गरिएको विधेयकमा सरकारले नचेते पुन अनशन बस्ने उल्लेख गरेका हुन् । संसदको समितिमा कन्फ्लिट अफ इन्ट्रेस्ट एउटा यस्तो स्थिति जसमा सरकारी अधिकारीको निर्णय उनीहरुको व्यक्तिगत रुचिले प्रभावित होस् भएका सांसदहरुले पहिलाकै माफियामुखी विधेयक आइतबार प्रस्तुत गर्दैछन् भन्ने जानकारी पाएका छौ उनले भने, यो सरासर धोका हो, वार्तामा बसेका सरकार, मध्यस्तकर्ता, नेता लगायतहरुले उदासीनता देखाउँदैछन् ।

तीन करोड नेपाली स्वस्थ रहने अधिकार हनन कुनै पनि पक्षद्वारा हुन नदिइने उल्लेख गर्दै डा. केसीले भने बाढीले गर्दा अनशन स्थगित गर्ने बेलामै मैले भनेको थिएँ, माफियामुखी विधेयक पारित गर्न खोजिए जुनसुकै बेला अनशन बस्छु र यसको जिम्मेवारी प्रधानमन्त्री, दल र नेताहरु हुनेछन् ।

११ औं अनशनमा रहेकै बेला चोरबाटोबाट त्रिवि कार्यकारीले आफूसँग गरेको सम्झौता विपरीत काठमाडाै‌ नेशनल कलेजलाई सम्बन्धन दिएको उल्लेख गर्दै डा‍ केसीले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरे ।

कान्तिपुर

विशेष