News मुख्य समाचार

१२ लाख मतदाता थपिए, नयाँ मतदाताले स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाउने

१२ लाख मतदाता थपिए, नयाँ मतदाताले स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाउने


काठमाडौं । फोटोसहितको मतदाता सूचीमा करिब १२ लाख नाम मतदाता थपिएका छन् । प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सूची अद्यावधिक गरेपछि करिब १२ लाख नयाँ मतदाता थपिएका हुन् ।

यसअघि निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार मुलुकमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् । आयोगको प्रारम्भिक तथ्यांकबाट १२ लाख नयाँ मतदाता थपिँदैछन् । मतदाता सूचीमा नयाँ नाम थप्न र अद्यावधिक गर्न शनिबार (भदौ ३) सम्मको समय तोकिएको थियो ।

आयोगले ३५ दिनसम्म जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमार्फत नयाँ मतदाताको नाम संकलन र अद्यावधिक गरेको थियो निर्वाचन आयोगले उपलब्ध गराएको एक महिनाको अवधी गत बुधबार नै सकिएपनि नाम दर्ता गराउनेको संख्या अत्यधिक रहेको भन्दै आयोगले तीन दिन थप गरेको थियो ।

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि छुट भएका मतदाताको नामावली संकलन गर्न गत साउन १ देखि १५ गतेसम्मको समय छुट्टयाएको थियो । दलहरुको दवाबपछि आयोगले समय बढाएर साउन ३२ गतेसम्म र्पुयाएको थियो ।

अहिले नामावली संकलन गरेका मतदाताले आगामी असोज २ गते हुने दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा भने सहभागी हुन नपाउने आयोगले स्पष्ट पारेको छ ।

विशेष