News

गजुरीमा पहिरो, पृथ्वी राजमार्ग अबरुद्ध

गजुरीमा पहिरो, पृथ्वी राजमार्ग अबरुद्ध


धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।

अविरल वर्षापछि पहिरो जाँदा बगेर आएको लेदो माटो सडकमा थुप्रिएकाले सडक अबरुद्ध भएको हो । त्यसैगरी धादिङकै निलकण्ठ–१० कारीबेसीमा गएको पहिरोले नवराज तिमल्सिसना र रामेश्वर गोतामेको घर पुरिएको छ ।

त्रिपुरासुन्दरी–१ आमफेदमा पनि पहिरोले तीन वटा घर उच्च जोखिममा परेका छन् ।

विशेष