News

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ ।

देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भदौं ७ देखि ११ गते सम्म भारतको औपचारिक भ्रमण जाँदै छन् ।

परराष्ट्रमन्त्रालयले आज बिहान प्रेस विज्ञप्ति मार्फत देउवाको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो । देउवाको साथमा पत्नि आरजु राणा पनि भारत जाने भएकी छिन् । भारत रहँदा देउवा राजकीय पाउनका रुपमा राष्ट्रपति भवन बस्नेछन् । भारतले भने भ्रमणको औपचारिक कार्यक्रम सार्वजनिक गर्न बाँकी छ ।
देउवाको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अरु मन्त्री, सांसद, निजी सचिवलायका कर्मचारी र सरकारका अन्य उच्च पदस्थ अधिकारीहरु रहने बताइएको छ ।

देउवा ८ गते राष्ट्रपति भवनमा दिइने ‘गार्ड अफ अर्नर’ मा सहभागि हुने छन्। त्यस पछि उनले राजघाट स्थित माहात्मा गान्धीको समाधि स्लथमा गएर श्रद्धान्जली व्यक्त गर्नेछन । देउवाले भारतीय राष्ट्रपति रामनाथ र भारतीय उपराष्ट्रपतिलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनले औपचारिक भेटघाट गर्नेछन । त्यस्तै देउवासँग भारतका केही वरिष्ठ मन्त्रीहरुले पनि भेटघाट गर्नेछन् । मोदीले देउवाको सम्मानमा लन्च दिनेछन् ।

नेपाली दुतावासले देउवाको सम्मानमा आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागि हुने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । त्यस्तै देउवालले भारतका बुद्धिजिवी र व्यापारीसँग अन्तरक्रिया गर्ने छन् ।

भारत रहदा देउवाले आन्द्र प्रदेशको तेलङ्गना र बिहारको पनि भ्रमण गर्ने छन् । उनी भदौं ११ मा स्वदेश फर्कने कार्यक्रम छ ।

विशेष