News

एआईजी पदस्थापनमा कांग्रेस हाबी, माओवादी निरीह, को को भए प्रदेश प्रहरी प्रमुख ? (सूचीसहित)

एआईजी पदस्थापनमा कांग्रेस हाबी, माओवादी निरीह, को को भए प्रदेश प्रहरी प्रमुख ? (सूचीसहित)

काठमाडौं । सरकारले लामो विवादपछि अन्ततः नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको पदस्थापन गरेको छ । सरकारले आइतबार राति हालै बढुवा भएका एआईजीहरुको पदस्थापन गरेको हो । 

एआईजी पदस्थापनमा खासगरी महानगरीय प्रहरी कार्यालयमा कसलाई लैजाने भन्ने सत्तारुढ दलबीच चर्काे विवाद थियो । प्रधानमन्त्री एवं नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा जयबहादुर चन्दलाई महागगरीय प्रहरी प्रमुख बनाउन चाहन्थे । तर, गृह मन्त्रालयको नेतृत्व गरेको दल माओवादी भने पहिलो नम्बरका एआईजी बमबहादुर भण्डारीलाई त्यहाँ लैजान चाहन्थ्यो । अन्ततः महानगरीय प्रहरीमा देउवाकै दबाबमा दोस्रो नम्बरका एआईजी चन्दलाई ल्याइएको छ । भण्डारीलाई भने अपराध अनुसन्धान विभागमा लगिएको छ ।

यसैगरी, देवेन्द्र सुवेदीलाई राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, पशुपति उपाध्याय प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ र केशरीराज घिमिरेलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं ३ मा पदस्थापन गरिएको छ । यसैगरी, माधवप्रसाद जोशीलाई प्रशासन विभाग, विजयलाल कायस्थ प्रदेश प्रहरी कार्यालय प्रदेश नं २, कमलसिंह बम प्रदेश प्रहरी कार्यालय प्रदेश नं ४, मिङमार लामालाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं ५, रणबहादुर चन्द प्रदेश प्रहरी कार्यालय प्रदेश नं ६ र विजय कुमार भट्टको प्रदेश प्रहरी कार्यालय प्रदेश नं ७ मा पदस्थापना गरिएको छ ।

को कहाँ पुगे 

विशेष