संघीय संसद र प्रदेश सभाको निर्वाचन १० मंसिरमा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संघीय संसद र प्रदेश सभाको दुवै निर्वाचन आगामी १० मंसिरमा गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तय गरेको हो ।
सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिपरिषद बैठकले १० मंसिरमा संसद र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए । ‘एक दुई चरण केही भनिएको छैन । १० गते गर्ने भनेर निर्वाचन आयोगलाई लेख्ने भनिएको छ,’ बैठकपछि बस्नेतले भने, ‘के गर्ने भन्ने निर्वाचन आयोगले गर्ला ।’