काठमाडाै उपत्यकामा फेरि भूकम्पकाे धक्का, केन्द्रविन्दु दोलखा
आज साँझ पाँच बजेर अढ्चालीस मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।
दोलखा लगायत आसपासका जिल्लाहरु र काठमाडौंमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो । गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५ पराकम्प गएको केन्द्रले जानकारी दिएको छ ।
dolakha