News मनोरञ्जन

'सेतो सुर्य' ९० औं ओस्कार अवार्डको लागि छनौट

'सेतो सुर्य' ९० औं ओस्कार अवार्डको लागि छनौट

काठमाडौँ । विश्व प्रशिद्द फिल्म अवार्ड ९० औं ओस्कार अवार्डको लागि विदेशी भाषा फिल्म विधामा चलचित्र 'सेतो सूय' नेपालबाट छनोटमा परेको छ । चलचित्रमा दयाहाङ राइ, रविन्द्रसिंह बाँनियाको मुख्य भूमिका रहेको 'सेतो सूर्य' एक पारिवारीक राजनीतिक कथाबस्तुमा आधारित छ ।

अत्याधिक चर्चा बटुलेको 'सेतो सूर्य'ले यस अघि पनि भेनिक फिल्म फेस्टिभलमा इन्टरफिल अवार्ड प्राप्त गरेको छ । दिपक रौनियारको निर्देशनमा बनेको यो चलचित्रमा फरक राजनीतिक विचारमा द्धन्द कसरी उत्पन्न हुन्छ दर्शाइएको छ ।

नेपाल समितिले एक विज्ञप्ति जारी गर्दै फिल्मको नाम दर्ता गराउन आग्रह गरेको थियो । जसमा 'सेतो सुर्य' र 'बिजुली मेसिन'ले आफ्नो चलचित्रको नाम दर्ता गराएका थिए । दर्ता भएका चलचित्रहरुमध्ये ‘विदेशी भाषी फिल्म विधा’को लागि सहभागी गराउन समितले एक उत्कृष्ट चलचित्रको छनौट गरेको हो र छनौटमा 'सेतो सूर्य' छानियो ।

‘द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस’ले मार्च ४ तारिखमा अमेरिकाको लस एन्जेलसको डबली थियटरमा अवार्ड कार्यक्रम आयोजना गर्ने छ ।

विशेष