News

संशोधन प्रस्तावमाथिको दफावार छलफल सम्पन्न

संशोधन प्रस्तावमाथिको दफावार छलफल सम्पन्न

काठमाडौँ । व्यवस्थापिका–संसद्मा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ माथिको दफावार छलफल सकिएको छ । उक्त विधेयकको दफावार छलफलमा ५३ सांसदले भाग लिएका थिए । उक्त प्रस्ताव साउन ३२ गते सदनमा पेश गरिएको थियो । विधेयकमाथि ५० संशोधन पेश भएका छन् ।

अहिले बैठकमा संशोधन प्रस्तावमाथि परेको संशोधन निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलेको छ । यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उक्त प्रस्तावमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै राष्ट्रवादका र राष्ट्रघातका विषयमा हलुका ढंगबाट टीकाटिप्पणी नगर्न सुझाव दिएका छन् ।

प्रस्तुत संशोधन प्रस्तावले संविधानको स्वीकार्यता बढाउन र संघीयता कार्यान्वयनमा ठूलो योगदान दिने बताउँदै उनले संविधान सशोधन प्रस्तावलाई अघि बढाउनका लागि सहयोग पुर्याउन सवै राजनीतिक दलसँग आग्रह गरे ।

विशेष