News

संविधान संशोधन प्रस्ताव फेल, ४८ मत पुगेन

संविधान संशोधन प्रस्ताव फेल, ४८ मत पुगेन

काठमाडौं । सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फेल भएको छ । सोमबार साँझ भएको मतदानमा सहभागी पाँच सय ५३ सभासदमध्ये ३४७ ले संशोधन विधेयकको पक्षमा मतदान गरेका छन् भने विपक्षमा २०६ मत खसेको छ ।

संसदमा ५९२ सांसद रहेकाले दुई तिहाइ पुग्न ३९५ सांसद आवश्यक थियो । तर, पास हुन ४८ मत पुगेन । पास गर्न आवश्यक संख्या नपुगेपछि सभामुख ओनसरी घर्ती मगरले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरेकी छन् ।

प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको थियो । तराई मधेस केन्द्रित दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक ‘पास फेल जे भएपनि चुनावमा सहभागी हुन राजपा सहमत’ भएसँगै अघि बढाइएको थियो । केही दिनको दफावार छलफलपछि संशोधन विधेयक सोमबार निर्णयार्थ पेश गरिएको थियो ।

विशेष