अमेरिकी कारबाहीमा सिरियामा ४० नागरिक मारिए
दमास्कस । सिरियाको रक्वा नजिकैको सहरमा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
घटनामा अन्य दर्जनौ घाइते भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आक्रमणकारीहरुले आवासीय क्षेत्रमा रहेका आवास गृहहरुलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ ।
सिरियन डेमोक्र्याटिक फोर्स र इस्लामिक स्टेट (आईएस) लडाकूहरुका बीचमा भीडन्त भइरहेका बेला अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको हो ।
सिरियाको पश्चिमी क्वालामोनमा विपक्षी दलले रसियाली सेनाको प्रतिनिधिसँगको सम्झौतापछि सत्ता पक्षिय शक्ति र विपक्षी लडाकूहरुकाबीचमा युद्ध विराम गराउनेगरी यसअघि नै घोषणा गरिसकेको थियो । सिन्ह्वा