News

मालेद्वारा मतदान बहिष्कार

मालेद्वारा मतदान बहिष्कार

काठमाडौँ । नेकपा (माले)ले व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ माथिको मतदान बहिष्कार गरेको छ ।

संशोधनलाई मत विभाजनका आधारमा निर्णयार्थ पेश गर्न सभामुख ओनसरी घर्तीले कार्यक्रम अघि बढाउँदै गर्दा सो पार्टीका महासचिव सिपी मैनालीले आफ्नो दलले मतदान बहिष्कार गर्ने अवगत गराए। संशोधनमाथि अहिले मतदान भइरहेको छ । सो दलका पाँच सांसद् छन् ।

विशेष