विदेश

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोमा पत्रकारको हत्या


साउन १८ । मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियाको रोसारिटो सहरमा रहेको एक रेष्टुरेन्टमा गोली प्रहार गरी एक मेक्सिकन पत्रकारको हत्या गरिएको छ ।

लुसिआनो सिभेरा नाम गरेका ती पत्रकार मङ्गलबार बिहान मारिएका हुन । रोसारिटो सहरको मध्य भागमा रहेको एक रेष्टुरेन्टमा सो घटना भएको महान्यायाधिवक्ता कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

अनुसन्धानको क्रममा उनको हत्यामा संलगन रहेको आशङ्कामा अल्फेडो एन नामक एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मारिएका ३३ बर्षीया पत्रकार स्थानीय टेलिभिजन च्यानल सिएनआरका सम्पादक र एक नयाँ वेबसाइटका सम्वादाता रहेका थिए ।  प्रत्यक्षदर्शीका अनुसार रिभेरालाई टोउकोमा गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ ।

अपराधीको खोजीको क्रममा प्रहरीले केही संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । गत मार्चदेखि यता मेक्सिकोमा मारिएका पत्रकार रिभेरा आठौँ पत्रकार हुन् ।

मेक्सिको संसारमा सबैभन्दा धेरै पत्रकार मारिने देशमा पर्दछ । यहाँ बर्षेनी दर्जनौँ पत्रकारको हत्या हुने गरेको तथ्याङ्क अधिकारवादीहरुले सार्वजनिक गर्ने गरेका छन् ।

Journalist Killed in Mexico

विशेष