News मुख्य समाचार

मुग्लिन पुगेर देउवाले दिए ९ बुँदे निर्देशन, यस्ता छन् उनका निर्देशन

मुग्लिन पुगेर देउवाले दिए ९ बुँदे निर्देशन, यस्ता छन् उनका निर्देशन


साउन १८ । मुग्लीन नारायणगढ सडक अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज मुग्लिन पुगेका छन् ।

सडक अनुगमन गर्ने क्रममा उनले फिल्डमा नै गएर सम्बन्धित अधिकारीहरुलाई ९ बुँदे निर्देशन दिएका हुन् ।

यस्ता छन् उनका निर्देशन

१. मुलुकका लागि धेरै महत्व राख्ने यो सडकमा ढिलासुस्ती हुनुहुन्न। अब, समय–तालिका बनाएर मलाई बुझाउनूहोस्। र, सोहीअनुसार काम अघि बनाउनूहोस्।

२. सडक निर्माणमा कामदारको सुरक्षाको प्रत्याभूति हुनुपर्छ । त्यसका लागि सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनूहोस् ।
३. बटुवा र यात्रुको सुरक्षालाई ध्यान दिई सडकमा देखिएका जोखिमहरू तत्काल व्यवस्थापन गर्नूहोस् ।
४. तोकिएको समयभन्दा एक बर्ष ढिलो किन भयोरु रातदिन गरेर भए पनि जतिसक्दो चाँडो काम सम्पन्न गर्नूहोस्।
५. सडक निर्माणमा तीव्रता दिँदा कुनै निकायबाट व्यवधान वा ढिलाई हुन्छ भने मलाई सिधै भन्नूहोस् । म तत्काल त्यो समस्या समाधान गर्छु ।
६. काममा कुनै हेलचेक्र्याई भएको पाइएमा, जसबाट भएको छ, उसलाई म कार्बाही गर्छु ।
७. समयमा राम्ररी काम सम्पन्न गर्नूहोस् । राम्रो काम गर्नेलाई म पुरस्कृत पनि गर्छु ।
८. अबदेखि मैले मुग्लिङ–नारायणगढ सडकमा ढिलासुस्ती भएको सुन्नु नपरोस् । आजैदेखि कामको रफ्तार बढाउनूहोस् ।
९. दशैंअगावै सवारी साधनको आवागमन सहज हुने गरी काम गर्नूहोस् ।

विशेष