News

लाखौं बार्गेनिङ गरेको भन्दै उजिर मगर प्रेस सेन्टरबाट निष्काशित

लाखौं बार्गेनिङ गरेको भन्दै उजिर मगर प्रेस सेन्टरबाट निष्काशित

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले पत्रकार उजिर मगरलाई कारवाहि गरेको छ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा संगठनको हितविपरित काम गरेको भन्दै प्रेस सेन्टर नेपालले साधारण सदस्य नै नरहने गरि निस्कासन गरेको छ ।

संगठनको लाइन विपरित मगर पत्रकार महासंघको अध्यक्षमा बागी उठेका छन् । अहिले प्रेस युनियन र सेन्टरको सयुक्त प्यानलबाट अध्यक्षमा प्रेस सेन्टरकै गोविन्द आचार्य अध्यक्षका उम्मेद्वार छन् ।

नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा प्रेस सेन्टर नेपाल तत्कालीन क्रान्तिकारी पत्रकार संघको तर्फबाट उम्मेद्वार भई उजिर मगर महासचिवमा निर्वाचित भएका थिए । पत्रकार महासंघको २५ औं महाधिवेशनमा संगठनले अध्यक्षमा आचार्यलाई उम्मेद्वार बनाएकोमा मगरले संगठनको निर्णय विपरित अध्यक्ष पदमा उम्मेद्वारी दिई संगठनप्रति गम्भीर घात गरेको प्रेस सेन्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा लेखिएको छ ‘पत्रकार महासंघको २४ औं महाधिवेशनबाट महासचिवमा निर्वाचित भईसके पश्चात मगरले गरेका काम, कार्यशैलीका कारण प्रेस सेन्टरलाई क्षति भएकाे छ ।’ पत्रकार महासंघका बहालवाला केन्द्रीय सदस्यले समाचारलाई आधार बनाएर लाखौं रुपियाँको बार्गेनिङ गरेको घटनामा खेलेको भूमिका, पत्रकार महासंघको काठमाडौं शाखाको निर्वाचनमा संस्थागत धाँधली गरी प्रेस सेन्टरका उम्मेदवारलाई पराजित गरेकालगायतका घटना संगठनको हित बिपरित रहेको विज्ञप्तिमा भनिएको छ ।

विशेष